भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका स्थानीयबासीले श्रमदान गरेर सडक सञ्चालन गरेका छन्। वर्षाका कारण अवरुद्ध भएको सडक श्रमदान गरेर सञ्चालन गरेका हुन्।
पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा आवतजावतमा निकै समस्या भोग्नु परेपछि श्रमदान गरेर सडक सञ्चालनमा ल्याइएको स्थानीयले बताए।
७० जना स्थानीय जम्मा भएर खोलाले बगाएको भाग मर्मत गरी सडक सञ्चालनमा ल्याइएको स्थानीयको भनाइ छ। सडक सञ्चालनमा आएपछि हामीहरुलाई मात्रै नभएर छिमेकी जिल्ला आउजाउ गर्ने नागरीकलाई पनि सहज भएको उनिहरुले बताए।