मान्म। कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो।
पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुदाँ निकै समस्या भएको थियो, राजमार्ग सञ्चालनमा आएपछि सबै सवारी साधनहरु आफ्नो आफ्नो गन्तब्य तीर लागेका छन्।