काठमाडौं। मुग्लिन–काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने उक्त सडक पहिरोले अवरुद्ध भएको हो।
इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। डोजरले पहिरो पन्छाउने काम गरिरहेको भएपनि सडक खुल्न सकेको छैन। सडक अवरुद्ध हुँदा यात्रामा रहेका यात्रीहरु गन्तब्यसम्म पुग्न सकेको छैनन्।