काठमाडौं। पहिरो पन्छाएपछि बेनी–दरवाङ सडक सञ्चालनमा आएको छ। पहिरो पन्छाएसँगै विगत एक साताभन्दा बढी समयदेखि अवरुद्ध सडक आइतबारबाट सञ्चालनमा आएको हो।
वर्षा भइरहेकाले पहिरोको जोखिम कायमै रहेको भन्दै सवारी साधनलाई भने सतर्कता अपनाउन भनिएको छ।
गत असार २८ गतेदेखि उक्त सडक अवरुद्ध थियो। फापरखेतमा गएको पहिरो तत्काल पन्छाउन नसक्दा लामो समयसम्म सडक अवरुद्ध भएको बताइएको छ। अवरुद्ध सडक सञ्चालनमा आएसँगै रोकिएका यात्रुहरु आफ्नो गन्तव्यतर्फ लागेका छन्।