काठमाडौं। मुग्लिन–काठमाडौं सडक सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।
चितवनको इच्छाकामना गाउँपालिकास्थित फिस्लिङमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो खस्दा दुवै तर्फ यातायात आवागमन अवरुद्ध भएको थियो।
सडक अवरुद्ध हुँदा सयौं सवारी साधन समस्यामा परेका थिए। सडक सञ्चालनमा आएपछि सबै सवारी साधन आफ्नो आफ्नो गन्तब्य तर्फ लागेको प्रहरीले जनाएको छ।