म्याग्दी। म्याग्दीमा चालुतर्फका २९ कार्यक्रम र पुँजीगततर्फका २६ वटा योजना रहेकामा सबै कार्यान्वयन भएका छन्। सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत अर्थात चालुतर्फका २९ कार्यक्रम र पुँजीगततर्फका २६ वटा योजना सम्पन्न भएको जानकारी दिएको हो।
गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको पुँजीगततर्फको एक करोड ५१ लाखमध्ये ९९.८ प्रतिशत र चालुको दुई करोड ८२ लाख ७४ हजार मध्ये ७६.८३ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ।