काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम हालसम्म आधा मात्र पूरा भएको छ। सडकको भौतिक प्रगति अहिलेसम्म पूर्वी खण्डमा ५२ प्रतिशत र पश्चिम खण्डमा ५२.५७ प्रतिशत भएको हो।
दाेस्राे पटक थप गरिएकाे समयमा पनि काम नसकिएपछि अहिले तेस्रो पटक एक वर्षका लागि म्याद थप्न लागिएको छ।
विसं २०७५ माघ २४ गते २०७९ साउन २२ मा सम्पन्न गर्ने गरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सम्झौता गरे काम सुरु गरेको सडकको काम साढे पाँच वर्षमा आधा मात्र पूरा भएको छ। अब आधा बाँकी रहेको कामका लागि एक वर्ष म्याद थप गर्न लागिएको हो।