काठमाडौं। न्यूरोडको फुटपाथ विस्तार गर्न सहमति जुटेको छ। सोमबार भएको काठमाडौंका मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीचको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने सहमति भएको हो।
वार्तामा फुटपाथ विस्तार कार्यले आर्थिक, समाजिक, सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने समेत सहमति भएको छ। सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको नेतृत्वमा वडा नम्बर २२ का २ जना र २३/२४ वडाका एकएक जना विषयविज्ञ सदस्यहरु रहने गरी अध्ययन समिति बनाइने भएको छ। समितिले मंसिर २ मा प्रतिवेदन बुझाउनुपर्ने छ ।
उक्त अध्ययन समितिको अध्ययनको रिर्पोटपछि वडा नम्बर २२ र २३ को फुटपाथ विस्तार गर्ने नगर्ने भन्ने बारेमा निर्णय गर्ने समेत वार्तामा सहमति भएको छ।