काठमाडौं। बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
वर्षा नरोकिएक कारणले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। वर्षा रोकिनासाथ पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रहरीको भनाइ छ। सडक अवरुद्ध भएसँगै यात्रुहरु अलपत्र परेका छन्।