पाल्पा। आजदेखि रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ। भासिएको सडक मर्मत गर्नु पर्ने भएकोले राजमार्ग बन्द हुने भएको हो।
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवलको तिनाउ गाउँपालिकास्थित हिउँदे खोला नजिकै सडक भासिएको छ। उक्त सडक सडक डिभिजन कार्यालय पाल्पाले मर्मत गरिरहेको छ।
बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग बन्द हुने भएको छ। अर्को सूचना नआउँदासम्म सवारी आवागमन बन्द हुने बताइएको छ।