ललितपुर। नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरिएको छ। ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा पक्की पुल निर्माण गरेको हो।
पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा उक्त पुल निर्माण गरेको महानगरले जनाएको छ।
पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै पुल निर्माण सम्पन्न भएको महानगरको भनाइ छ।
पुल निर्माण भएपछि सवारी आवतजावतमा सहज भएको बताइएको छ।