नुवाकोट। देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ। विरल वर्षासँगै खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो।
पहिरोका कारण आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक अवरुद्ध भएपछि सवारी साधन आवतजावतमा समस्या भएको छ।
सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।