काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मंगलबार सडक बोर्ड नेपाल पुगेका मन्त्री दाहालले सडक निर्माणसँगै मर्मत र संरक्षण पनि जरुरी रहेको भन्दै मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामीण सडकको नियमित मर्मतलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
उनले अधिकांश नेपाली यात्रु सडक मार्गमा नै निर्भर रहेकाले यसलाई अवरुद्ध हुन नदिने गरी सबै कार्यालय र जनशक्ति परिचालित गर्न निर्देशन दिए ।