काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। आज बिहान ११ बजे भएको दुर्घटनामा परी १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबाट १ जनाको उद्दार गरी केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जहाजमा १९ जना सवार थिए। जहाजमा भएका सबैजना सौर्य एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ। शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गरेको समेत नेपाल प्रहरीले जनाएको छ।