चितवन। नागढुङ्गा–मुग्लिङ सडकखण्डको काम बन्द गरिएको छ। असार, साउन, भदौ महिनाको लागि सानातिना कामबाहेक पूर्ण रूपमा निर्माण कार्य बन्द गरिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक आयोजनाका अनुसार वर्षातको समय भएको कारण निर्माण कार्यमा वर्षाले बाधा पुर्याउने भएकोले निर्माण कार्य बन्द गरिएको हो। यो तीन महिना पुर्ण रुपमा बर्खाको समय भएको र अत्याधिक वर्षा हुने भएकोले निर्माण कार्य बन्द गरिएको बताइएको छ।
बर्खाको समय भएको कारण देशभर बाढी पहिरो गहिरहेको छ। यदी पहिरो आएर बाटो बन्द भएमा पन्छाउने काम भने गरिने आयोजनाले जनाएको छ।