काठमाडौं। पोखरा महानगरपालिका–३२ मा सडक क्षेत्रका अवैध संरचना भत्काउन थालिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्मको ४ किलोमिटर सडकमा पर्ने अतिक्रमित संरचना भत्काउन थालिएको हो।
सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घरअगाडि विभिन्न सरसामान राखिएको र अस्थायी संरचना भएकाले पैदल यात्रुलाई हिँडडुल गर्न समस्या हुने गरेको भन्दै संरचना हटाउन थालेको बताइएको छ।