काठमाडौं। काठमाडौंको धोबीखोलाको पुल चर्किएको छ। वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले धोबीखोलाअन्तर्गतको बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएको हो।
पुल चर्किएसँगै उक्त पुलबाट आवागमन बन्द गरिएको छ। चर्किएको पुलबाट आवातजावत गर्दा जोखिम हुने भन्दै पुल बन्द गरेको प्रहरीले जनाएको छ। चर्किएको पुल मर्मत भएपछि मात्र पुल सञ्चालनमा ल्याइने छ।