फाइल फोटो
काठमाडौं। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको स्थलगत अनुमगन गरेको छ। सङ्घीय संसद्को भौतिक पूर्वाधार विकास समितिले बिहीबार स्थलगत अनुमगन गरेको हो।
भौतिक निर्माणबारेमा स्थलगत अनुगमन गरेको समितिले जनाएको छ। स्थलगत अनुगमन गर्दै अहिलेसम्मको निर्माण कार्य सन्तोषजनक रहेको समितिको भनाइ छ।
निर्माण कार्य सन्तोषजनक रहेता पनि मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान जस्ता स्थानीयवासीको समस्या समाधान गरेर अगाडी बढ्नुपर्ने बताइएको छ।
आगामी एक वर्षभित्रमा निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भईरहेको सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको आयोजनाले जनाएको छ।