पाल्पा। सिद्धार्थ राजमार्ग रातिको समयमा बन्द भएको छ। गत ९ गते (बुधबार) रातिदेखी राजमार्ग बन्द भएको हो।
भासिएको सडक मर्मत गर्नु पर्ने भएकोले राजमार्ग बन्द भएको बताइएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवलको तिनाउ गाउँपालिकास्थित हिउँदे खोला नजिकै सडक भासिएको छ। उक्त सडक सडक डिभिजन कार्यालय पाल्पाले मर्मत गरिरहेको छ। सोही सडक मर्मतको लागि राजमार्ग बन्द गरिएको हो।
बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग बन्द हुने गरेको छ। अर्को सूचना नआउँदासम्म सवारी आवागमन बन्द हुने बताइएको छ।