म्याग्दी। पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको सिरुबारीमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो।
ठूलो ढुंगासहित खसेको पहिरोले आज बिहानबाट सडक अवरुद्ध भएको छ। उक्त सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ।
ठूलो ढुंगासहित खसेको पहिरो पन्छाउने तयारी भईरहेको बताइएको छ।