रुकुमपूर्व। सिस्ने गाउँपालिका–६ स्थित रानीकोटको भिरमा पहिरो गएपछि सडक र विद्युत दुवै अवरुद्ध भएको छ। बुधबार राति आएको पहिरोले दुई दिनदेखि रुकुमपूर्व खण्डको मध्य पहाडी लोकमार्ग र केन्द्रीय विद्युत् सेवा अवरुद्ध भएको हो।
पहिरोले दाङ–सल्यान–रुकुम पश्चिम हुँदै रुकुमपूर्व आउने केन्द्रीय विद्युत्को तार–पोल समेत बगाएको छ। बिहीबार बिहानैबाट पहिरो हटाउने प्रयास भइरहेपनि पहिरो ठूलो भएका कारण हटाउन समेत समस्या भएको प्रहरीले जनाएको छ।
अहिले जिल्ला सदरमुकाम सहित केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको ठाउँमा समेत विद्युतीय सेवा अवरुद्ध छ।