काठमाडौं। सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनक्षेत्र विस्तारै लय समात्ने क्रममा रहेको बताएका छन्।
शुक्रबार नेपालगञ्जमा होटल ब्यवसायी महासङ्घ लुम्विनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटनक्षेत्र विस्तारै लय समात्ने क्रममा रहेको बताएका हुन्।
उनले अर्थतन्त्र बलियो बनाउन होटल क्षेत्रको भुमिका मुख्य हुने समेत बताए।
आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र सरकारको पहिलो प्राथमिकतामा रहेकाे मन्त्री पाण्डेले बताए। उनले पर्यटन नीति र ऐन निर्माण र संशोधनमा ध्यान दिने समेत जानकारी दिए।