एजेन्सी। फ्रान्सको रेल लाइनमा आक्रमण गरिएको छ। पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा आगो लगाइएको हो।
रेल लाइनमा क्षति पुर्याउन जानीबुझी आगो लगाइएको फ्रान्सिस रेल कम्पनी एसएनतसीएफले जनाएको छ।
घटनापछि कम्पनीले रेल स्टेशनतर्फ नआउन आग्रह गरेको थियो। फ्रान्सका यातायातमन्त्री पेट्रिस वग्रीटले घटनालाई आपराधिक कृत्य भनोक छन् र यसको निन्दा गरेका छन् ।