लमजुङ। डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षासँगै सडकमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
तनहुँको बेँसीसहर नगरपालिका–१ दलाल र मनाङको सोही पालिका–६ खरखरे भीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रामा रहेका सबै सवारी साधन अलपत्र रेका प्रहरीले जनाएको छ।