काठमाडौं। सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ। कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको हो।
कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो। पहिरो खसेपछि यात्रामा हिडेका यात्रु अलपत्र परेका छन्।
पहिरोले सडक अवरुद्ध भएका कारण यातायात सेवा रोकिएको छ। सडक खुलाउन प्रयास भइरहेको प्रहरीले बताएको छ।