जुम्ला। हिमा नदीमाथि भैसेडीमा पक्की पुल निर्माण गरिएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ स्थित हिमा नदीमाथि पक्की पुल निर्माण गरिएको हो।
पूर्वाधार विकास कार्यालय जुम्लाले उक्त पुल निर्माण गरेको हो। पुल नहुँदा समस्या झेल्दै आएका नागरीक पुल सञ्चालनमा आएसँगै खुशी भएका छन्। पक्की पुल निर्माण भएपछि दुर्गम गाउँलाई पालिकाको केन्द्रसँंग जोडेको छ भने स्थानीयको दैनिक जिवनयापनमा समेत ठुलो सहयोग पुगेको छ।
उक्त पुल भ्याटसहित कुल चार करोड ३२ लाख रुपैयाँमा जिम्मा एडी बिल्डर्स बौद्ध–७ काठमाडौंले निर्माण गरेको हो।