फाइल फोटो
धादिङ। नागढुङ्गा–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ। अविरल वर्षाका कारण पहिरो खसेपछि नागढुङ्गा–नौबिसे सडक अवरुद्ध भएको हो।
खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै आज बिहान लेदोसहितको पहिरो खस्दा सडक दुवैतर्फ बन्द भएको प्रहरीले जनाएको छ। यात्रामा रहेका सम्पुर्ण यात्रीहरु अलपत्र परेका छन्।
पहिरो खसेपछी सबै सवारीका साधनहरु रोकिएका छन्। पहिरो पन्छाउने काम भइरहेको भएतापनि लेदो सहितको पहिरो खसेका कारण सडक खल्न समय लाग्ने बताइएको छ।