काठमाडौं। सिन्धुलीको ग्वाङखोला कारागार पुल निर्माण सम्पन्न भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–५ र ६ लाई जोड्ने गरी ३० मिटर लम्बाइको ग्वाङखोला कारागार पुल निर्माण सम्पन्न भएको हो।
उक्त पुल पाँच करोड ४१ लाख ९५ हजार लागतमा केएस देवीरमण जेभीले निर्माण गरेको हो। पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०७५ भदौ २५ गते सम्झौता भइ काम सुरु भएको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ।