काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश आयुर्वेद औषधालयको भवनको भौतिक प्रगति हालसम्म ३० प्रतिशत मात्र पुगेको छ। २०७८ साल असारबाट निर्माण कार्य सुरु गरिएको भवनको काम तीन वर्षमा ३० प्रतिशत मात्र पूरा भएको हो।
पटक पटक म्याद थप गर्दै काम गर्दा समेत भवन निर्माणको काम अघि बढ्न नसकेपछि फेरि २०८० साल फागुन ३ गतेदेखि २०८१ साल फागुन २९ गतेसम्मका लागि म्याद थप गरिएको छ।
२०७८ साल असारमा १८ करोड २२ लाख लागतमा भवन निर्माणका लागि कौशल जगदम्बा सुपर स्ट्रार निर्माण कम्पनीले जिम्मा लिएर काम सुरु गरेको थियो।