सांकेतिक तस्बिर
मनाङ। जिल्लाको चामे गाउँपालिका र नासों गाउँपालिका सिमाना तिमाङखोला छहरामा फलामे पुल राखिएको छ। बाढीले पक्की पुल बगाएपछि अस्थायी रुपमा सवारी साधन सञ्चालनका लागि फलामे पुल राखिएको हो।
गत असार १७ गतेको बाढीले नै पक्की पुल भत्काएको थियो। पुल भत्काएपछि मनाङ सडक सम्पर्कबाट विच्छेद भएको थियो। खोलामा पानी नघटेका कारण पुल राख्न समस्या भइरहेका बेला अहिले पानी घटेपछि जग उठाएर फलामे पुल राखिएको बताइएको छ।
दायाँबायाँ ३–३ मिटरको ग्याविन वाल उठाइएको छ। बिमसहित ५ मिटर लम्बाई र साढे ३ मिटरको फलामे पुल निर्माण गरिएको छ। फलामे पुल राखिएसँगै डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा आएको छ।