काठमाडौं। पोखरामा भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। पोखरा महानगरका शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो।
दुर्घटना हुनुको कारण, सवारी साधन, चालकको अवस्था, बसमा रहेका विद्यार्थी सङ्ख्या, राख्न पाउने सङ्ख्या, लगायतका विषयमा अध्ययन गरी अगामी दिनमा यस्ता प्रकृतिका दुर्घटना न्यून गर्नका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरिएको बताइएको छ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।
पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना भएकाे थियाे।