एजेन्सी। भारतमा रेल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान भारतको झारखण्ड राज्यको सरायकेला–खरसावां जिल्लामा मुम्बई–हावडा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् जसमध्ये एकको अवस्था चिन्ताजनक भएको बताइएको छ।
हावडा–मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट खसेपछि त्यसको छेउमा उभिएको मालगाडीसँग ठोक्किएको थियो। दुर्घटनाका कारण सो लाइनमा चल्ने केही रेललाई अन्य रुटमा पनि डाइभर्ट गरिएको छ।