काठमाडौं। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबार परिसरमा निर्माण भइरहेको नयाँ संसद् भवनको काम समयमै सक्न निर्देशन दिएका छन्। मन्त्री सिंहले मंगलबार बिहान निर्माणाधीन संसद भवनको स्थलगत अवलोकन गर्दै निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा मन्त्री सिंहले निर्माणको प्रगति, गुणस्तर, र समयसीमाबारे जानकारी लिँदै आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको सुनाए। निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काममा गति दिएको नदेखिएको उनको भनाइ छ।