काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार भएको मन्त्री तथा सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
उनले धरहरा बनिसकेको तर पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा नआएको भन्दै पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘मै बनाउँछु मेरो धरहरा अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए। यसको पुनर्निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देशन गर्छु।’