काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको रेल र पानीजहाज चलाउने योजना भएको बताएका छन्। मंगलबार सचिवहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले जनताले रेलको माग गरेकाले यसमा सरकारको प्राथमिकता रहेको समेत बताए। उनले भने, ‘हवाई र सवारी दुर्घटनाका घटनाहरू भइरहेका छन्। हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरू लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ। रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ।’
त्यसैगरी प्रधानमन्त्री ओलीले जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्न सक्नुपर्ने समेत बताए। उनले काठमाडौँका सुकुम्वासीलाई एकान्तमा लगेर घर बनाइदिएर काम नलागेको भन्दै त्यो खालका कामबाट शिक्षा लिएर व्यवहारिकरुपमा उचित हुने गरी काम गर्नुपर्ने समेत बताए।