फाइल फोटो
बाजुरा। साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। अविरल वर्षाको कारण बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो।
अविरल वर्षापछि आएको पहिरोको कारण सडक अवरुद्ध हुँदा यात्रामा रहेका यात्रीहरु रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।