सिन्धुली। सिन्धुली जिल्लामा ६ वटा पक्की पुल निर्माणका लागि डिपिआर तयार भइ ठेक्का लागेको छ। आव २०८०/८१ मा नै जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरूमा ६ वटा नयाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरी ठेक्का लागेको हो।
सुनकोशी गाउँपालिका–५ मा भोटेखोला पुल, कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडक अन्तर्गत ग्वाङ्खोला पुल र कमलामाई नगरपालिका–४ मा नै ग्वाङ्खोला पुल निर्माण भइरहेको छ।
त्यसैगरी गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिकामा तामाजोरखोला पुल, टाँडीखोला पुलको पनि ठेक्का लागेको हो।