महोत्तरी। ढुंग्रेखोलामा आएको बाढीले महोत्तरीको बेलगाछी पुलमा क्षति पुर्याएको छ। मंगलबार राति आएको बाढीले पुलभन्दा पश्चिमको भाग बगाएको प्रहरीले जनाएको हो।
पुलमुनि बालुवा जमेर सतहमाथि आउँदा बाढीले ७ फिट राजमार्ग बगाएको प्रहरीले जनाएको छ।
बाढीले पुलमा क्षति पुर्याएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ। सडक अवरुद्ध बनेसँगै राजमार्गमा सवारी साधनहरु अलपत्र परेका छन्।
प्रहरीका अनुसार क्षतिग्रस्त राजमार्ग साँझसम्म मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।