दोलखा। दोलखाका जिल्लाको दोलखा–सिंगटी सडक तीन दिनदेखि अवरुद्ध बनेको छ। गत साउन १२ कालिञ्चोक गाउँपालिका–४ बन्चरे नजिकै झमार्सी खोलामाथिको सडक पहिरोले बगाएपछि तीन दिनदेखि सडक अवरुद्ध बनेको हो।
यस सडकको वैकल्पिक मार्गको रुपमा रहेको सिसागोलाइ–दम्फा कालोपत्र सडकसमेत पहिरोले बगाएको छ।
तीन दिनदेखि सडक संचालनमा नआउँदा उत्तरी क्षेत्रका विगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाका २२ वडा सडक सम्पर्कबाटै वञ्चित बनेका छन्।
मुख्य र वैकल्पिक सडक अवरुद्ध बनेसँगै यस क्षेत्रका मानिस समस्यामा परेका छन्। साथै यस क्षेत्रमा निर्माणाधीन सानाठूला जलविद्युत् आयोजनाको ढुवानी समेत पूर्ण रूपमा प्रभावित बनेको छ।