हेटौँडा। मकवानपुर–काठमाडौँ जोड्ने थानकोट–चित्लाङ सडक यही आइतबा (साउन २० गते) बाट सञ्चालनमा आउने भएको छ। सडक स्तरोन्नतीको लागि काम भइरहेको कारण बन्द रहेको सडक सञ्चालनमा आउने भएको हो।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रुपमा सडक बन्द गरी निर्माण कार्य भइरहेको छ।
सडक स्तरोन्नतीको क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन बन्द गरेर निर्माण कार्य गरिएको बताइएको छ।