फाइल तस्बिर
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन अरनिको राजमार्ग निरीक्षण गरेका छन्। मन्त्री दाहालले निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–धुलिखेल दुई चरणमा निर्माण थालिएको सडक अवलोकन गरेका हुन्।
अवलोकनका क्रममा मन्त्री दाहालले सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारका तर्फबाट गर्नुपर्ने कार्य विवरणबारे जानकारी लिए।
मन्त्री दाहालले चालु आवका लागि पुल निर्माण तथा मुआब्जालगायत विषयलाई प्राथमिकतामा राख्दै नागरिकले उठाएका सवाललाई सम्बोधन गरी सडक निर्माण समयमा सम्पन्न गर्न सडक विभाग र आयोजनालाई निर्देशन समेत दिए।