काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरु समेटेर पारित गराउन माग गरेको छ।
इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न माग गरेको हो।
उनीहरुले प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्राबधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरुसँग रहेका करिब ३० हजार मेगावाट क्षमताका आयोजनाहरु स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका छन् । इप्पानले पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोजनाहरुको छिटो विद्युत व्यापार सम्झौता (पीपीए) खुला गराउन समेत माग गरेको छ।