फाइल तस्बिर
काठमाडौं। पहिरोका कारण कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार राति मकवानपुर भीमफेदी गाउँपालिका-८ महादेवटार सडकखण्डमा पहिरो गएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो।
निरन्तरको अविरल वर्षाले कान्ति लोकपथको महादेवटारमा माथिबाट पहिरो खसेको छ भने तल पनि सडक धसिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडकको करिब ७० मिटर जति ट्र्याक नै बगाएकोले सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने भएको छ।