काठमाडौं। शुक्रबार पोखराका लागि उडेको बुद्ध एयरको उडान नं.६५५, कल साईन एन–एएमडी जहाज काठमाडौं नै फर्किएको छ।
जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएको हो।
काठमाडौंमा सुरक्षित अवतरण गरिएसँगै यात्रुहरूलाई अर्को जहाजबाट पोखरा पठाइएको छ।