खोटाङ। सुनकोशी नदीमा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएको छ। तीन करोड ५० लाख लागतमा उक्त पुल निर्माण भएको हो।
पुल निर्माण भएपछि डुङ्गा चढेर आवतजावत गर्नु पर्ने बाध्यता हटेको छ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएको हो।
पुल सञ्चालन नहँदा जोखिम मोल्दै वारपार गर्ने नागरीकको मुहारमा खुशी छाएको छ। अब जुनसुकै समयमा पनि वारपार गर्न डुङ्गा प्रयोग गर्न नपर्ने पुलबाट नै सहज रुपमा आवतजावत गर्न सकिने भन्दै उनिहरुले खुशी ब्यक्त गरे।