हुम्ला। सिमकोट हिल्सा सडक सुचारु भएको छ। उक्त सडक हिजा (शनिवार) बेलुकाबाट सुचारु भएको हो।
गत असार २० गते परेको भारी वर्षाले हेक्पा खोलामा आएको बाढीले काठे पुल बगाएपछि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएको ३२ दिनपछि सञ्चालनमा आएको बताइएको छ।
सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोलामा बाढीले बगाएको काठे पुल पुनर्निर्माण भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको हो।
सडक अवरुद्ध हुँदा आवतजावत गर्दा पैदल यात्रा गर्नु पर्ने भएकाले निकै समस्या भएको थियो। सडक सञ्चालनमा आएपछि सबैमा खुशी छाएको छ।