कोशी ब्यारेज। सप्तकोशीको कोशी ब्यारेज पुलमा पैदल हिँड्न र चढ्न निषेध गरेको छ। प्रहरीले उक्त पुलमा पैदल हिँड्न र चढ्न निषेध गरेको हो।
पुलमा सेल्फी खिच्न आउनेदेखी लिएर अहिले साउनको महिना भएका कारण बोलबमका लागि जल भर्न आउने सर्वसाधारणको भिडलाई मध्य नजर गर्दै पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विगतमा घटेका घटनालाई मध्यनजर गर्दै पुलमा पैदल हिड्न निषेध गरिएको हो। विगतमा पुलमा चढ्ने र आत्महत्याको प्रयास समेत गर्ने गरेको तथ्यलाई मध्यनजर गरी पुलमा प्रवेश निषेध गरेको प्रहरीले बताएको छ।