काठमाडौं। संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनामा पाँच करोड बढी रुपैयाँ लगानी गर्न भारत सरकारले सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको छ ।
भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले सतलज जलविद्युत निगमलाई तल्लो अरुणमा ५ करोड ७९२ भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा २०७७ माघ १६ गते बसेको लगानी बोर्डको ४६ औं बैठकले तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा भारतको सतलजलाई दिने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्तरगत (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण–बुट) मोडलमा निर्माण गर्न सतलजलाई छनोट गरेको थियो।
सतलज जलविद्युत निगम भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो।