काठमाडौं। नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई निकाय बनाउन माग गरिएको छ। नेपाली कांग्रेसका नेताहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउन ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा संवेदनशील नभएको र कार्यकारी प्रमुख (प्रदीप अधिकारी)को भूमिका पनि सन्तोषजनक र जिम्मेवार नभएको बताए।
कांग्रेस नेताहरुले आईकाओ र ईयू दुबैले विद्यमान नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन भनेको दशकौं भइसक्दा पनि कार्यान्वयन नभएको समेत स्मरण गराएका छन्।
जवाफमा प्रधानमन्त्री ओलीले दुई हवाई क्षेत्रका दुई निकाय छुट्याउन सकिने भन्दै त्यसका लागि विधेयक ल्याउन सकिने र विभागीय मन्त्रीसँग छलफल गर्ने बताए।