गुल्मी। गुल्मी जिल्लाको रिडि–रुद्रावेनी–बामिटक्सार सडकखण्डको तल्लाफाँटमा गिद्दि खोला पुल बन्ने भएको छ। चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दि खोला पुल तल्लाफाँटमा बन्ने भएको हो।
सडक डिभिजन कार्यालय पाल्पा अन्तर्गत निर्माण हुने पुलको निर्माणको जिम्मा इलाइट कन्सट्रक्सन काठमाडाैंले पाएको छ। २०८१ साल वैशाख १४ गते सम्झौता भइ २०८२ साल साउन २२ गते सम्पन्न गर्ने लक्ष्य छ।
पुलको सम्झौता भएर डिजाईन स्वीकृत लगत्तै मनसुन सुरु भएकाले अहिले काम सुरु हुन सकेको छैन। वर्षातको समय सकिने बित्तिकै निर्माण कार्य अगाडी बढने बताइएको छ।